neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोर्ट्स / माैलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारीपत्र

प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोर्ट्स / माैलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारीपत्र

May 19th, 2025

काठमाडौं, जेठ ५

२०८२ जेठ ४ गते प्रभु बैंक लिमिटेड (PBL) र इला होटल्स एण्ड रिसोर्ट्स / माैलाकाली केबलकार लिमिटेडबीच आज एक विशेष समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स / माैलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछ।

समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत श्रीमती सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स /माैलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक श्री अर्बिन्द्र केसीले हस्ताक्षर गर्नुभएको हो।

यस सहकार्य अन्तर्गत, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्नेछन्ः

खानपानमा (Food & Beverage) – १०% छुट

केबलकार टिकटमा – २०% छुट

आवास सेवामा (Accommodation) – १०% छुट र केबलकार यात्रा निःशुल्क

यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको छ, जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्नेछ। ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण उपलब्धि हो।

त्यसैगरी ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई विश्वास लिन्छौं विश्वास दिन्छौ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड २०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।