neapl investment mega bank
  • गृहपृष्ठ
  • जेठ महिनाका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

जेठ महिनाका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

May 16th, 2025

काठमाडौं, जेठ ३

वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर तोकेका छन् । नयाँ महिनाका लागि महिना सुरु हुनुअघि नै ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले जेठ महिनाका लागि यस्तो ब्याजदर निर्धारण गरेका हुन् । तोकिएका ब्याजदर बिहीबारदेखि लागु हुनेछ । 

बैंकहरूले तोकको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ३.०० प्रतिशतदेखि ५.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारका बचत निक्षेपको ब्याजदर बढीमा २ प्रतिशत भन्दा धेरै अन्तरमा राख्न नपाउने व्यवस्था छ । यस अनुसार साधारण तथा विशेष बचत खाताका ब्याजदरहरू निर्धारण भएका हुन् ।