neapl investment mega bank
  • गृहपृष्ठ
  • रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

May 15th, 2025

ललितपुर, जेठ १

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ । बिहीबार मंगलबजारको सोह्रखुट्टेपाटीमा बसेर ज्योतिषीले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ कीर्तिकिरण जोशीले बताए ।

उनका अनुसार, रथलाई जावलाखेल पुर्‍याएको चार दिनपछि अर्थात् जेठ १८ गते भोटो देखाउने जात्रा हुनेछ ।

वर्षा र सहकालको देवताका रूपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङमति लगिएपछि जात्रा सम्पन्न भएको मानिन्छ ।