काठमाडौं, बैशाख ११
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चालकलाई कुटपिट गर्ने ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान भइरहेको जनाएको छ। ट्राफिक प्रहरीले एक जनालाई लात्तैलात्ताले हानेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सोही भिडियोको सन्दर्भमा कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्न ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान भइरहेको जानकारी दिएको हो। उक्त घटना २०८१ मंसिर २३ गते सुन्धाराको आकाशे पुलमुनि भएको पनि कार्यालयले जनाएको छ।
