neapl investment mega bank

शिक्षामन्त्रीले दिइन् राजीनामा

Apr 21st, 2025

काठमाडौं, बैशाख ८

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट उच्च स्रोतले बतायो।

आजै बस्ने मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको स्रोतले बतायो।

शिक्षकहरूको माग सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार देखिएको र शिक्षा विधेयक पारित गराउँन असहयोग गरेको भन्दै उनी असन्तुष्ट थिइन्।

शिक्षा ऐन जारी गर्न ओलीले असहयोग गरेको भन्दै उनले आफूनिकटहरूसँग राजीनामाको संकेत गरिसकेकी थिइन्।