neapl investment mega bank
  • गृहपृष्ठ
  • टोखाबाट २५ करोड प्रकरण: ट्रक चालक लामा कारागार चलान

टोखाबाट २५ करोड प्रकरण: ट्रक चालक लामा कारागार चलान

Apr 17th, 2025

काठमाडौं, बैशाख ४

टोखाबाट २५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

टोखा नगरपालिका–१ झोर क्षेत्रबाट चैत ४ गते मालवाहक ट्रकको अगाडि चालक क्याबिनमा फल्स बटनमा लुकाएर राखिएको मुद्रासहित लामालाई पक्राउ गरिएको थियो । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१ घर भएका ४३ वर्षीय लामा यसअघि पनि सुन काण्डमा जेल बसेर छुटेका थिए ।