neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाललाई हराउँदै कुवेतले जित्यो उपाधि

नेपाललाई हराउँदै कुवेतले जित्यो उपाधि

Apr 13th, 2025

काठमाडौं, चैत ३१

नेपाललाई हराउँदै कुवेतले चारदेशीय टी–२० सिरिजमा विजय हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा कुवेतले नेपालमाथि तीन रनको जित हात पारेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सफल भएको छ ।

यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।

टी–२० मा कुवेतले पहिलोपल्ट नेपाललाई पराजित गर्न सफल भएको हो। यसअघि भएका दुवै भेटमा नेपालले कुवेतलाई ६ र ७ विकेटले पराजित गर्दै आफ्नो दबदबा कायम राखेको थियो ।