काठमाडौं, चैत २९
मित्रराष्ट्र म्यानमारमा विनाशकारी भूकम्पमा परि परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली सेनाको चिकित्सकीय टोली आज मिति २०८१ चैत्र २९ गते स्वदेश फिर्ता भएको छ ।
१२ जना चिकित्सकीय टिम र ४ जना बन्दोबस्ती सहायता टिम सहित कुल १६ सदस्यीय टोली मिति २०८१ चैत्र २० गते नेपाली सेनाको हवाई साधनद्वारा त्यस तर्फ प्रस्थान गरेको थियो ।
नेपाल सरकारको निर्णय बमोजिम शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकहरु सहित खटिएको टोली म्यानमारको म्याण्डले स्थित यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी घाइतेहरूको उपचारमा खटिएको थियो । उपचारको क्रममा उक्त टोलीले १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार र ९६५ जना बिरामीहरूलाई ओ।पि।डि। सेवा प्रदान गरेको थियो ।