neapl investment mega bank
  • गृहपृष्ठ
  • एकता महाधिवेशनका लागि डेलिगेट्स बन्न आधिकारिक पोर्टलमा गएर फर्म भर्न उच्चस्तरीय समितिको अनुरोध

एकता महाधिवेशनका लागि डेलिगेट्स बन्न आधिकारिक पोर्टलमा गएर फर्म भर्न उच्चस्तरीय समितिको अनुरोध

Apr 5th, 2025

काठमाडौँ, चैत २३

आगामी मे ३ देखि ५, २०२५ मा  काठमाडौँमा हुन गई रहेको  गैर-आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधि (डेलिगेट) आवेदन खुला गरिएको छ।

 सर्वोच्च अदालतको परमादेशद्वारा गठित एनआरएनए उच्च स्तरीय समितिले समितिको वेबसाइट (www.nrnahlc.com ) मा गएर डेलिगेट बन्न निवेदन दिन आग्रह गरेको छ।

 “डेलिगेट बन्न निवेदन दिने मिति २२ अप्रिल २०२५ सम्म छ।   त्यसैले संघको वेब पोर्टलमा गएर मात्रै निवेदन दिन हामी आग्रह गर्दछौँ,”  उच्चस्तरीय समितिकी  सदस्य सचिव  रबिना थापाले भनिन्।  ‘हाल केही व्यक्तिहरूले नक्कली फारम बनाएर सामाजिक सञ्जालमार्फत सेयर गरिरहेका छन्, जसले आवेदकहरूलाई अन्योलमा पार्न सक्छ,’ उनले  भनिन् ।

एनआरएनए उच्चस्तरीय समितिले आधिकारिक रूपमा https://nrnahlc.com/delegation-online-registration-form/ मार्फत मात्र आवेदन दिने व्यवस्था मिलाएको छ।

एनआरएनए सदस्यता नलिएका व्यक्तिहरूले अप्रिल ७ तारिख भित्र सदस्यताका लागि  आवेदन दिई सक्नु पर्ने पनि  उच्चस्तरीय समितिले जनाएको छ  ।