काठमाडौं, चैत २२
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United Nations Disengagement Observer Force (UNDOF), सिरियामा तैनाथ श्री फोर्स हे. क्वा. सपोर्ट युनिट (शान्ति सेना) १३ औं डफ्फा, श्री इन्जिनियर से.मु. (शान्ति सेना) नौँ डफ्फा, श्री दुर्गाभञ्जन गुल्म (शान्ति सेना) आठौँ डफ्फा र श्री लेबल १ (+) अस्पताल (शान्ति सेना) छैठौँ डफ्फाका २०२ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी रविजंग खड्काको नेतृत्वमा मिति २०८१ चैत्र २१ गते मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी १९७ जना शान्ति सैनिकहरू प्रमुख सेनानी दिनेश कुमार खड्काको नेतृत्वमा चैत्र २१ गते नै स्वदेश फिर्ता भएका थिए ।
हाल उक्त मिसनमा नेपाली सेनाबाट सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुका गरी कुल ४४८ जना शान्ति सैनिकहरू कार्यरत छन् ।