काठमाडौं, चैत २२
मधेस केन्द्रित सात राजनीतिक शक्ति मिलेर सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा भएको छ । बिहीबार घोषणा भएको मोर्चाका सातै राजनीतिक दलका नेताहरूले टुटफुटको इतिहास नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सङ्घीयताको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सुशासनमा सशक्त दबाबका लागि एकताबद्ध सङ्घर्ष गर्ने उद्घोष उनीहरूको छ । समतामूलक समाज, सङ्घीयता कार्यान्वयन, विविधतापूर्ण समाज निर्माण, समानुपातिक निर्वाचन प्रणालीको रक्षा तथा मुलुक र मधेसको उत्थानका लागि उनीहरूले २६ बुँदे प्रतिबद्धता अघि सारेका छन् ।