काठमाडौं, चैत २१
मधेस केन्द्रित सात दलले मोर्चा घोषणा गर्ने भएका छन्। बिहीबार काठमाडौँको थापागाउँस्थित काठमाडौँ ब्यांक्वेटमा आयोजित कार्यक्रमबाट मोर्चा घोषणा हुने मोर्चाको सचिवालयले जानकारी दिएको हो।
मधेस केन्द्रित सात दलमा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन्।
बिहीबार यी सातै पार्टीका अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा गर्न लागिएको हो।