neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Mar 19th, 2025

काठमाडाैं, चैत ६

प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले आज मिति २०८१ चैत्र ०६ गते जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जामा विशेष पदोन्नति हुनु भएका सहायक रथी श्री राम प्रसाद अधिकारीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

प्रधान सेनापतिले सोही अवसरमा प्राविधिक सहायक रथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक महासेनानी श्री मुकेश बाटाजुलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

कार्यक्रममा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्दहरूका परिवारजनको उपस्थिति थियो ।