neapl investment mega bank
  • गृहपृष्ठ
  • सुमन सायमीको संयोजकत्वमा नेवाः राष्ट्रिय परिषद् गठन

सुमन सायमीको संयोजकत्वमा नेवाः राष्ट्रिय परिषद् गठन

Feb 7th, 2025

काठमाडौं, मनघ २५

नेवाः हरुको सत्ता अभ्यासका लागि भन्दै नेवाः राष्ट्रिय परिषद् गठन गरिएको छ । काठमाडौंको कालिमाटीमा शुक्रबार कार्यक्रम आयोजना गरेर नेपाः मण्डलका नेता सुमन सायमीको संयोजकत्वमा १५ सदस्यीय परिषद्को सचिवालय गठन गरिएको हो ।

संयोजक सायमीले विज्ञप्ति जारी गरेर नेवाः लगायत ऐतिहासिक राष्ट्रियताहरू माथि इतिहासदेखि कायम रहेको औपनिवेशिकताबाट मुक्त गरेर सार्वभौमिकताको अभ्यास गर्ने परिषद्को मुख्य राजनीतिक कार्यभार रहने जनाएका छन् । 

सचिवालय सदस्यहरुमा रविन्द्रकुमार श्रेष्ठ, विकासबाबु श्रेष्ठ, शिवभक्त रञ्जित, कृष्ण मानन्धर, जिवपती श्रेष्ठ, इन्द्रप्रसाद श्रेष्ठ, सिवेश बज्राचार्य, कुमार श्रेष्ठ, अनित रञ्जितकार, अनु सायमी, रिना प्रधान र बेवी राज भण्डारी रहेका छन् ।