neapl investment mega bank
  • गृहपृष्ठ
  • रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न माग

रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न माग

Feb 7th, 2025

काठमाडौं, माघ २५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं सांसद डीपी अर्यालले सभापति रवि लामिछानेमाथि संसद्ले पनि प्रतिशोध साधेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद्ले पनि सरकारको रबैयालाई समर्थन गरेको बताएका हुन् ।

उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त  प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसद्ले पनि सरकारको रबैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ । एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ ।” 

साथै उनले झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनतालाई प्रष्ट थाहा भइसकेको बताए । उनले लामिछानेको सांसद पद निलम्बनको फुकुवा गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरे ।