काठमाडौं, माघ २५
नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको भन्दै बैंकर्स संघहरुले भ्रम फैलाउनेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघको संयुक्त विज्ञप्तिमा बैंकिङ क्षेत्रका बारेमा गलत र भ्रामक सूचना फैलाउने व्यक्तिहरूको गतिविधि रोक्न कारबाही गर्न आग्रह गरिएको छ।
