neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित

नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित

Feb 5th, 2025

काठमाडौं, माघ २३

महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल लगातार पाँचौं खेलमा पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । नेदरल्याण्ड्सको भने यो तेस्रो जित हो ।

नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

नेदरल्याण्ड्सका लागि स्टेरे कालिस २ रनले शतकबाट चुकिन् । नेदरल्याण्ड्सका लागि स्टेरे ९८ र फिबे मोल्केनबोअर ४८ रनमा अविजित रहिन् ।