काठमाडौं, माघ २१
भारतले यू १९ महिला टी–२० विश्वकपको उपाधि लगातार दोस्रोपटक जितेको छ । आइतबार क्वालालम्पुरमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको हो ।
दक्षिण अफ्रिकी टोली ८२ रनमै अलआउट भएको थियो । ८३ रनको सहज लक्ष्य भारतले १ विकेटको क्षतिमा ११.२ ओभरमै प्राप्त गरेको थियो ।
प्रतियोगितामा नेपालले समेत सहभागिता जनाएर नेपाली क्रिकेटमा इतिहास रचेको थियो । कुनै पनि उमेर समूहमा नेपालको महिला टोली पहिलोपटक आईसीसी विश्वकपमा सहभागी भएको यो नै पहिलो अवसर थियो । समूह चरणबाट बाहिरिएको नेपाल १६ टोली सहभागिता यस प्रतियोगितामा १४ औं स्थानमा रहेको थियो ।