काठमाडौं, माघ १८
सेना दिवस २०८१ को अवसरमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू आम नागरिकलाई जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित फोटो तथा बृहत् प्रदर्शनी – २०८१ सम्पन्न भएको छ ।
माघ १५ गतेदेखि १८ गते सम्म जङ्गी अड्डा परिसरमा सञ्चालन भएको प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दल लगायतका गतिविधिहरू समेट्ने गरी कुल २९ वटा स्टलहरू राखिएका थिए ।
आम जनसमुदायहरुका साथै विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको चार दिने उक्त प्रदर्शनीको मिति २०८१ माघ १५ गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले समुद्घाटन गर्नुभएको थियो। प्रदर्शनीको अन्तिम दिन आज मिति २०८१ माघ १८ गते श्री जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार के।सी।ले प्रदर्शनीमा सहभागी युनिटहरूलाई धन्यवाद सहित प्रशंसापत्र प्रदान गर्नु भयो ।
प्रदर्शनीबाट अवलोकनकर्ताहरूलाई नेपाली सेनाको विकासक्रम र हाल सम्पादन गरिरहेको विविध जिम्मेवारीहरुबारे जानकारी प्राप्त भएको विश्वास लिइएको छ ।