काठमाडौं, माघ १८
१८औं वार्षिकोत्सव मनाउने क्रममा ज्योति साहित्य प्रतिष्ठान र नेपाली सरोकार राष्ट्रिय मासिक खबर पत्रिकाले माघ १६ गते सहीद दिवसको अवसरमा एक विशेष सम्मान कार्यक्रममा संयुक्त रूपमा साहित्यकार, कवि, एवं लेखकहरूलाई सम्मान प्रदान गर्यो।
उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले गर्नुभएको थियो भने प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकार रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा प्रा डा गार्गी शर्मा, हिरण्यकुमारी पाठक, प्रा डा सावित्री श्रेष्ठ, कवि कृष्ण प्रधान र स्नेह शायमीको उपस्थितिमा नेपाली सरोकारका प्रधान सम्पादक तथा प्रकाशक रमा कुमारी ओली , युवा व्यवसायी घननारायण श्रेष्ठ लगायत हुनुहुन्थ्यो।
नेपाली भाषा र साहित्यमा विशिष्ट पहिचान बनाएर कविको रूपमा स्थापित कवि तथा समाजसेवी लेखक मणिराज सिंह, समाजसेवी तिलप्रसाद न्यौपाने (ढाकाटोपी) र विभिन्न संघसंस्थामा आबद्ध भई समाजसेवामा अग्रसर रहने युवा व्यवसायी घननारायण श्रेष्ठलाई बीपी साहित्यिक सम्मानद्वारा विभूषित गरियो।
उक्त कार्यक्रममा ज्योति साहित्य प्रतिष्ठानले साहित्यका स्थापित र विशिष्ट साधकहरूलाई निम्न सम्मानहरू अर्पण गर्यो।
साहित्य सम्मान”:—
१.कृष्ण प्रधान
२.भागिरथी श्रेष्ठ
३.पद्मावती सिंह
४.लक्ष्मी माली
५.सुरेन्द्र लिम्बू परदेशी, भारत
६.बलराम दहाल।
“ज्योति स्रष्टा सम्मान” :—
१.शीतल कादम्बिनी
२.रूकू कार्की
३. राजेश खनाल
४.राजन बिक्रम थापा
५.सुरेन्द्र अस्तफल, नारायणघाट
६.दिनेश शर्मा, हेटौडा
७.भीम बिरही राई, धरान
८.सुमित्रा सुमी, नुवाकोट ।
“ज्योति प्रतिभा सम्मान” —
१.रबिन्द्र आशिष शैली
२.गंगा आचार्य सापकोटा
३.श्रीराम पाण्डे, हरिसिद्धी, ललितपुर
४.श्रीराम पौडेल, लामाटार, ललितपुर।
सम्मानित प्रतिभाहरू, विशिष्ट अतिथिहरू तथा प्रमुख अतिथि शैलेन्द्र साकार लगायत सभापति मणिराज सिंहले मनतव्य व्यक्त गर्नु भयो।