neapl investment mega bank
  • गृहपृष्ठ
  • धौलागिरी लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक प्रतिबेदन सार्वजनीक

धौलागिरी लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक प्रतिबेदन सार्वजनीक

Jan 28th, 2025

काठमाडौं, माघ १५

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आ.व.२०८१÷०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत प्रतिबेदन प्रकाशित गरेको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाले वित्तीय सुचकहरुमा उल्लेखनीय सुधार गरि अअहिलेको वित्यि संकटको अवस्थामा पनि वित्तीय अवस्था संतोषजनक रहेको पाइएको छ । संस्थाले ब्याज आम्दानीमा अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा ४ करोड १४ लाख घाटा ब्यहोरेकोमा यो त्रैमासमा उल्लेखनिय सुधार गरि ६ करोड ४१ लाख ब्याज आम्दानी गरि रु. २० लाख ८१ हजार खुद नाफा कमाएको छ ।

त्यस्तै, नाफा कमाउँदा प्रति शेयर आम्दानी १.५६ रहेको छ । खराब कर्जा असुलीमा पनि सुधार गर्दै संस्थाको खराब कर्जा ५.५० प्रतिशतमा रहेको छ । निमित्त प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशीले संस्थाको नेतृत्व लिएसँगै यस अवधिमा संस्थामा कार्यरत कर्मचारीहरुको आत्मवल साथै उत्प्रेरणा बढेकाले संस्थाको नामामा उल्लेख्य सुार आएको हो ।

संस्थाले शाखा प्रमुख तथा कर्मचारी लगायतसम्पुर्ण फिल्ड सहायक कर्मचारी सहितको तालिम समेत आयोजना गरी कर्मचारीहरुको वित्तीय सुरक्षा मनोवल उच्च बनाउन यस अवधि भित्रमा यस वित्तीय संस्थाले देश भरिमा २६ जिल्लामा ५८ वटा शाखा कार्यालयहरु मार्फत ४० हजार ७३३ जान विपन्न घरपरिवारमा सेवा पुया्उदै २ अर्व १६ करोड ४१ लाख ५६ हजार कर्जा लगानि र ८१ करोड २२ लाख ९१ हजार बचत संकलन गरेको छ ।