neapl investment mega bank

मणिराज सिंह सम्मानित हुँदै

Jan 28th, 2025

काठमाडौं, माघ १५

१८ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको समसामयिक राष्ट्रिय मासिक पत्रिका नेपाली सरोकारले साहित्यकार, कवि तथा समाजसेवी मणिराज सिंहलाई सम्मान गर्ने भएको छ। पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक रमा वलीका अनुसार पत्रिकाको १८ वर्षे यात्रामा सिंहजस्ता वरिष्ठ साहित्यकारलाई सम्मान गर्न पाउनु गौरवको विषय हो।

साहित्य र समाजसेवामा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका सिंहलाई सहीद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरी सम्मान गरिनेछ। कार्यक्रम माघ १६ गते बुधबार काठमाडौंमा हुनेछ।

साहित्यकार सिंहको सम्मानसँगै नेपाली सरोकारले आफ्नो निरन्तरता र योगदानप्रति गर्वानुभूति व्यक्त गरेको छ। यस सम्मानले नेपाली साहित्य र सामाजिक योगदानका क्षेत्रमा थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।