neapl investment mega bank
  • गृहपृष्ठ
  • फोटो तथा बृहत् प्रदर्शनी- २०८१ आयोजना हुने

फोटो तथा बृहत् प्रदर्शनी- २०८१ आयोजना हुने

Jan 26th, 2025

काठमाडौं, माघ १३

सेना दिवसको अवसरमा माघ १५ गतेदेखि १८ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८१ सञ्चालन हुँदैछ ।

प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिने छ । यसका साथै प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधिहरूको प्रदर्शनी हुनेछ ।

आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरूलाई माघ १५ गते १२ बजेदेखि १७ बजेसम्म र माघ १६ गतेदेखि १८ गतेसम्म १ बजेदेखि १७ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपाली सेनाका विभिन्न गतिविधिहरूको बारेमा जानकारी हासिल गर्न सहज हुनेछ ।