neapl investment mega bank
  • गृहपृष्ठ
  • ज्योति साहित्य प्रतिष्ठान काठमाडौंको १८औँ वार्षिकोत्सवमा १८ जना सम्मानित हुने

ज्योति साहित्य प्रतिष्ठान काठमाडौंको १८औँ वार्षिकोत्सवमा १८ जना सम्मानित हुने

Jan 26th, 2025

काठमाडौं, माघ १३

भाषा, साहित्य, कला, संस्कृति र समाज सेवाको फाँटमा निरन्तर अघि बढिरहेको ज्योति साहित्य प्रतिष्ठान काठमाडौंको १८औँ वार्षिकोत्सबको अवसरमा देश विदेशका १८ जना नेपाली भाषी साहित्यकारहरू सम्मानित हुने भएका छन्। प्रतिष्ठानको कार्यसमितीको बैठकले गरेको निर्णय अनुसार साहित्यकारहरूलाई राजधानीमा शहीद दिवसको अवसरमा माघ १६ गते एक कार्यक्रममा सम्मान गरिने जानकारी अध्यक्ष मणिराज सिंहले दिनुभयो।

सिंहले प्रतिष्ठानले विश्व कोरोना भाइरसको प्रकोपद्वारा ग्रस्त भए यता वार्षिकोत्सब नमनाइएको अब अगामी दिनहरूमा ज्योति प्रकाशनको व्यवस्थापनमा नियमित मासिक सृङ्खलाका साथै वार्षिकोत्सब मनाउने निर्णय भएको बताउनु भयो।

प्रतिष्ठानले हालसम्म २१३औँ नियमित सृङ्खला कार्यक्रम सम्पन्न गरिसकेकोमा सम्पूर्ण कार्यसमिति, सदस्यहरू, सल्लाहकारहरू, मानार्थ सदस्यहरू, सहयोगीहरू, शुभचिन्तकहरू तथा साहित्यकारहरूमा धन्यवाद टक्र्याउँदै आगामी यात्रामा पनि सबैबाट ज्योति प्रकाशनलाई साथ, सहयोगको निरन्तरताको कामना पनि गर्नुभयो।

आगामी वि. सं. २०८१ माघ १६ गते १८औँ वार्षिकोत्सबको अवसर (२१४औँ सृङ्खला) मा निम्न साहित्यिक सर्जकहरूलाई सम्मान गरिने निर्णय गरिएको छ ।

“ज्योति साहित्य सम्मान”

१.कृष्ण प्रधान
२.भागिरथी श्रेष्ठ
३.पद्मावती सिंह
४.लक्ष्मी माली
५.सुरेन्द्र लिम्बू परदेशी, भारत
६.बलराम दहाल

“ज्योति स्रष्टा सम्मान”

१.शीतल कादम्बिनी
२.रूकू कार्की
३.राजेश खनाल
४.राजन बिक्रम थापा
५.सुरेन्द्र अस्तफल, नारायणघाट
६.दिनेश शर्मा, हेटौडा
७.भीम बिरही राई, धरान
८.सुमित्रा सुमी, नुवाकोट

“ज्योति प्रतिभा सम्मान”

१.रबिन्द्र आशिष शैली
२.गंगा आचार्य सापकोटा
३.श्रीराम पाण्डेय, हरिसिद्धी, ललितपुर
४.श्रीराम पौडेल, लुभु, ललितपुर