neapl investment mega bank
  • गृहपृष्ठ
  • यु-१९ महिला विश्वकपमा मलेसियामाथि नेपालको सान्त्वना जित

यु-१९ महिला विश्वकपमा मलेसियामाथि नेपालको सान्त्वना जित

Jan 24th, 2025

काठमाडौं, माघ ११

नेपालले आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपमा सान्त्वना जित हासिल गरेको छ । नेपालले प्लेअफ खेलमा मलेसियालाई ७ विकेटले हराएको हो ।

मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । 

टस जितेर नेपालले मलेसियालाई ब्याटिङमा निम्त्याएको थियो । कप्तान पूजा महतोले ४ विकेट लिएपछि मलेसियाले १६.५ ओभरमा ४५ रन जोडेर अलआउट भयो ।