neapl investment mega bank
  • गृहपृष्ठ
  • क्यानले गर्‍यो सन्दीप लामिछानेलाई कारबाही

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई कारबाही

Jan 21st, 2025

काठमाडौं, माघ ८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने अनुशासनको कारवाहीमा परेका छन्। 

अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बि लामाले जानकारी दिए ।

जय ट्रफीको क्रममा उनले सामाजिक सञ्जालमा रेफ्रीविरुद्ध टिप्पणी गरेपछि क्यानले कारबाही गरेको लामाले बताए । क्यानले उनलाई स्पष्टीकरण समेत सोधेको छ । क्यान र खेलाडीबीचको सम्झौतामा क्यानसँग सम्बन्धित अधिकारीहरुविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने व्यवस्था छ । सन्दीपले सोही कुराको उल्लंघन गरेको क्यानको निष्कर्ष छ ।