काठमाडौं, पुस २७
ज्योति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष श्री प्रकाश बरालको अध्यक्षतामा मिति २०८१ पुष २६ गते ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडोको सभाहलमा सम्पन्न भएको छ। उक्त सभाले आर्थिक वर्ष २०६८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले आ.व. २०८११०८२ को लागि श्री P.L.R.G एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई क्यापिटलको लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निधर्धारण गरेको छ ।
सभाले सञ्चालक समितिबाट नियुक्त हुनुभएका दुई जना स्वतन्त्र संचालकहरुको निक्ति अनुमोदन समेत गरेको छ ।ज्योति विकास बेकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।
हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्वेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्रको प्रत्याभूति, लगानी व्यवस्थापन, सस्थागत परामर्श, लगायतका सेवा प्रदान गर्दै आएकोछ ।