neapl investment mega bank
  • गृहपृष्ठ
  • अंग्रेजी नयाँ वर्षको अवसरमा प्रभु बैंकले सञ्चालनमा ल्यायो प्रभु डिजिटल क्युब

अंग्रेजी नयाँ वर्षको अवसरमा प्रभु बैंकले सञ्चालनमा ल्यायो प्रभु डिजिटल क्युब

Jan 1st, 2025

काठमाडौं, पुस १७

अंग्रेजी नयांँ बर्ष २०२५ को शुरुवात संगै प्रभु बैंकले प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ । उक्त काउण्टर मार्फत Cash Deposit, Cash Recycling, Cheque Deposit, Statement Printing, ATM विभिन्न Kiosk मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको छ । 

यस सेवाको शुरुवात सँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । हाल यो सेवा बंैकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ । साथै यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने बैंकले विश्वास लिएको छ ।