neapl investment mega bank
  • गृहपृष्ठ
  • बालेन शाहसँग देश चलाउने विचार छैन : राजेन्द्र महतो

बालेन शाहसँग देश चलाउने विचार छैन : राजेन्द्र महतो

Dec 17th, 2024

काठमाडाैं, पुस २

राष्ट्रि मुक्ति क्रान्ति नेपालका अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र महतोले काठमाडौं महानगरका मेयर बालेन शाह व्यक्तिमात्रै भएको र उनीसँग विचार नभएको टिप्पणी गरेका छन् । प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले बालेनसँग तपाईंको सहकार्य हुन सक्छ भनेर सोधेको प्रश्नमा उनले भने,‘बालेन शाह एउटा व्यक्ति हो, याद गर्नुहोस । विचार छैन त्यहाँ, व्यक्तिमात्रै हो । बिना विचारको देश चल्दैन् । हामीले त विचारसहितको विकल्प चाहियो भनेको हो । बालेनसँग काठमाडौं चलाउनेसम्मको विचार होला । तर, देश चलाउनेसम्मको विचार उहाँले व्यक्त गरिसकेको छैन् । अहिले बालेन शाहले राजनीतिक नेतृत्व लिन सक्नुहुन्न ।’

अहिले जनताले कांग्रेस, एमाले, माओवादीको पनि विकल्प खोजेको महतोको भनाई छ । उनले मधेशमात्रै नभएर देशले नै अहिले विकल्प खोजेको दाबी गरे । उनले अहिलेको सरकार गठनप्रति आपत्ति जनाए । उनले भने,‘दुनियाँको लोकतन्त्र र बहुदलीय लोकतन्त्रमा नभएको काम नेपालमा भैरहेको छ । प्रथम र दोस्रो पार्टी मिलेर सरकार चलाईराखेको छ । किन चलाईराखेको छ भने लुटतन्त्र गर्नको लागि यसो गरिएको हो ।’