neapl investment mega bank
  • गृहपृष्ठ
  • नेवार समुदायले आज हर्षोल्लासका साथ योमरी पूर्णिमा मनाउँदै

नेवार समुदायले आज हर्षोल्लासका साथ योमरी पूर्णिमा मनाउँदै

Dec 15th, 2024

काठमाडौं, मंसिर ३०

नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।