neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधान सेनापति महारथी सिग्देल मित्रराष्ट्र भारत प्रस्थान

प्रधान सेनापति महारथी सिग्देल मित्रराष्ट्र भारत प्रस्थान

Dec 10th, 2024

काठमाडौं, मंसिर २५

प्रधान सेनापति महारथी अशोक राज सिग्देल मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा आज मिति २०८१ मंसिर २५ गते मित्रराष्ट्र भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गर्नु भएको छ । उहाँले मिति २०८१ मंसि आगतेदेखि मंसिर २९ गते ९तदनुसार ११:१४ डिसेम्बर २०२४० सम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेका छ। सैनिक श्रीमती संघकी अध्यक्ष तथा उहाँकी धर्मपत्नी श्रीमति नीता क्षेत्री सिग्देल सम्मिलित ९ सदस्यीय भ्रमण दलका साथ भारत प्रस्थान गर्नु भएका प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग के सी ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो ।

औपचारिक भ्रमणमा सहभागी हुनु पूर्व प्रधान सेनापति सिग्देललाई आजै जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच सम्मान गारत अर्पण गरिएको थियो ।

प्रधान सेनापतिमा नियुक्त भए पश्चात् उहाँले पहिलो पटक विदेश भ्रमण गर्न लाग्नु भएको हो । भ्रमणका दौरान प्रधान सेनापति सिग्देललाई मिति २०८१ मंसिर २७ गते भारतका महामहिम राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्नु हुने कार्यक्रम रहेको छ। त्यस्तै भ्रमणका क्रममा भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै प्रधान सेनापति सिग्देल Indian Military Academy मा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथि (Reviewing Officer) को रूपमा सहभागी हुनु हुने कार्यक्रम रहेको छ।

प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीप जंग के सीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । प्रधान सेनापति सहितको भ्रमण दल मिति २०८१ मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ