neapl investment mega bank

लैङ्गिक हिंसा सम्बन्धि सडक नाटक

Dec 4th, 2024

काठमाडौं, मंसिर १९

पाटन दरबार स्क्वायरमा लैङ्गिक हिंसा सम्बन्धि चेतना सडक नाटक प्रदर्शन गरिएको थियो। यो कार्यक्रम परिवर्तनका लागि सहकार्य नेपालको आयोजनामा र ललितपुर महानगरपालिकाको समन्वयमा सम्पन्न भएको हो।

कार्यक्रमले “हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि एकता” भन्ने नाराका साथ १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत आयोजित गरेकाे थियाे ।

सडक नाटकमा ४ वटा नगरपालिकाहरूको सहभागिता थियाे । नाटकले लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने प्रयास गर्दै संस्थागत नारालाई पनि समेटेको थियो:
“अलिकति आवाज तिम्रो, अलिकति आवाज मेरो, आवाजले तोडौं लैङ्गिक हिंसाको घेरो”।

कार्यक्रमले समुदायलाई लैङ्गिक हिंसा अन्त्यका लागि एकजुट हुन प्रेरणा दिएको विश्वास गरिएको छ।