neapl investment mega bank
  • गृहपृष्ठ
  • मनकामना केवुलकार सेवा सुभारम्भको २६ औं वर्ष पुरा

मनकामना केवुलकार सेवा सुभारम्भको २६ औं वर्ष पुरा

Nov 23rd, 2024

काठमाडौं, मंसिर ८

माता मनकामनाको असिम अनुकम्पा र आर्शिवादले साथै यात्रुजनहरूको स्नेहले नेपालकै पहिलो केवुलकार, मनकामना केवुलकार सेवा सुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको जानकारी गराउँदा हामी गौरवान्वित भएका छौं र आगामी वर्षहरूमा अरू स्तरीय सेवा दिने प्रतिवद्धता जाहेर गर्दछौं ।

यस २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी हाम्रा यस केवुलकारका साथै नेपालकै केवुलकारका स्रष्टा स्व. लक्ष्मण बाबु श्रेष्ठलाई सम्झदै उहाँको यस साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं । केवुलकार संचालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरीका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तब्यका रूपमा स्थापित भैसकेको छ । २६ वर्ष पुगिसकेको यो ब्लबयिनगभ प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनतम् म्ष्नष्तब िप्रणालीमा स्तरोन्नति गरिएको छ ।

साथै मनकामनामा केवुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको छ । यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट संचालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तब्य बनाउने हाम्रो लक्ष्य रहने छ । संचालनमा आएपछि मनकामनामा शुरूवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिदैं आएका छौं ।

यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको छ । स्व. लक्ष्मण बाबु श्रेष्ठकै पालादेखि उहाँको पुण्य नीति अनुसार हामीले शुरूदेखि नै सामाजिक व्यवसायिक उत्तरदायी ९ऋक्च्० नीति अंगाली आएका छौं । यस अन्तर्गत हामीबाट मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएका छौं । बिनाशकारी गोरखा भुकम्पमा समेत यस संस्थाले सहयोग गरेको छ । ऋक्च् नीति अनुसार नै हामीले केवुलकार टिकट आम्दानीको कुल रकमको १ प्रतिशत÷१ प्रतिशत का दरले कुल २ प्रतिशत रकम शहिद लखन गाउँपालिका गोरखा र ईच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपको लागि भनी वर्षेनी सहयोग गर्दै आएका छौं ।

आज हामीलाई यहाँ सम्म ल्याई पु¥याउन मद्दत गर्नु हुने सम्पुर्ण यात्रुजनहरू, शहिद लखन गाउँपालिका तथा ईच्छाकामना गाउँपालिका तथा दुवै गाउँपालिकाका हाम्रा सहयोगी मित्रहरू, स्थानीय प्रशासनहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका साथ अन्य सरकारी निकायहरू र हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पुर्णमा यस कम्पनी हार्दिक कृतज्ञता एवं आभार प्रकट गर्दछ ।
यहाँसम्म ल्याई पु¥याउँदा यस कम्पनीका सबै तहका कर्मठ कर्मचारी मित्रहरूको लगनशिलता तथा योगदानलाई उच्च कदर गर्दै सबैमा धन्यवाद ज्ञापन गर्दछौं । साथै कम्पनीको समाचारहरू विगतदेखि नै सम्प्रेषण गर्दै सहयोग गर्दै आउनु भएका पत्रकार मित्रहरूलाई समेत धन्यवाद एवं आभार प्रकट गर्दै आगामी दिनहरूमा समेत यहाँको स्नेह र सहयोग हुनेछ भन्ने विश्वास लिएका छौं ।

अन्तमा केवुलकारका स्रष्टा स्व. लक्ष्मण बाबु श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको मार्गदर्शन अनुरूप कार्य गर्दै जाने अठोट समेत व्यक्त गर्दछौं ।