काठमाडौं, मंसिर २
गैरन्यायिक खोला तथा सडक मापदण्ड खारेजीको लागि मंसिर ६ गते बृहत जनप्रर्दशन हुने भएको छ।उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहले काठमाडौं उपत्यकाका खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने काठमाडौं महानगरपालिकाको निर्णयमा आपत्ति जनाएको थियो ।
खोला किनारामा निमार्ण गर्ने सम्बन्धमा खोलाको नापीको नक्साबाट कायम रहेको छेउबाट दाँयाबायाँ खोलाको आकार अनुसार निमार्ण गर्नुपर्ने छ । बागमती, विष्णुमती र मनोहरा खोलामा २० मीटर छोडेर भवन निमार्ण गर्न सकिने भनेपछि स्थानीयले फैसलाको बिरोधमा जनप्रर्दशन गर्दै आईरहेको छ।
गैरन्यायिक खोला तथा सडक मापदण्ड खारेजीको लागि गैरन्यायिक खोला तथा सडक मापदण्ड संघर्ष समितीले के के कार्यक्रम गर्यो बुझौँ।
-भदौ १५ गते शनिबार सडक आन्दोलन।
-भदौ १६ गते आईतबार काठमाडौँ महानगरपालिकामा ध्यानकर्षण पत्र बुझाएको।
-भदौ १८ गते मंगलबार लतिपुर महानगरपालिकामा ध्यानकर्षण पत्र बुझाएको।
-भदौ २१ गते शुक्रबार मध्यपुर ठिमी नगरपालिकामा ध्यानकर्षण पत्र बुझाएको।
-भदौ ३१ गते सोमबार कुपण्डोलदेखि त्रिपुरेश्वरमा मसाल जुलुससहितको खबरदारी ।
-असोज ३ सोमबार गते फिव्बख्य माईती मण्डलामा वृहत जनप्रर्दशन।
-असोज १० गते सर्वौच्च अदालत ले पेसी तोकेको समयमा पिडितबाट माईती मण्डलामा वृहत जनप्रर्दशन।