काठमाडौं, मंसिर २
यादव निर्झरले गीतकार रामबाबु दाहाललाई सम्मान गरेकी थिइन् । समारोहमा गायिका तथा संगीतकार बबिना भट्टराई, शोभा खनाल, बलराम महतो, संचारकर्मीहरु दीपा दाहाल, प्राची राय खनाल र आयुष दाहालको विशेष उपस्थिति रहेको थियो । समारोहमा बोल्दै कालीप्रसाद रिजालले भने ‘शब्द रचनामा जुन शक्ति सामथ्र्य हुन्छ स्वरले त्यसलाई मीठास र लालित्यले परिपूर्ण बनाउँछ । प्रस्तुत गीतमा त्यो भाव रहेको सहज अनुभुत हुन्छ । प्रेमिल भावको जीवन जगतको संवेगलाई ‘तिमी’ शब्दमा प्रतिकात्मक संज्ञामा रचित गीत सवै उमेर समुहकालाई कर्णप्रिय रहेको छ ।’
त्यसै गरि कवि, गीतकार तथा गजलकार ऋषि बस्ताकोटीले ‘सपनीमा’ बोलको प्रेमिल गीतका लागि गायिका तथा संगीतकार बबिना भट्टराई र गीतकार रामबाबु दाहाललाई हार्दिक बधाई तथा गीतको सफलताको लागि शुभकामना दिएका छन् । आँफूले गीतकार र श्रोताको हिसावले भन्नु पर्दा बबिना भट्टराई साधनामा तल्लिन, शब्द चयनमा ध्यान दिने, गायनमा शब्द र भावमा डुवेर गाउन सक्न खुवी भएकी गायिका र संगीतकार भएकी र ‘सपनीमा’ बोलको गीत श्रुति मीठासपूर्ण, प्रेमिल र चम्किन लायक गीत बनेको इमेज एफ.एम. ९७.९ मार्फत गीतको श्रव्य सार्वजनिकरणका क्रममा बताए ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।
भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।