सोलुखुम्बू मँसिर – १
सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिका वडा नं.-२, का “सन्यासी साँईलो” बाट चिनिने कर्ण बहादुर सन्यासी अब आधिकारिक नेपाली भएका छन् । बिगत केही दिन अगाडि मात्र नेपाली नागरिता हातमा परे पछि खुसीले गद् गद भएका कर्णबहाद्रलाई राज्यबाट नियमित बितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता “वृद्धा भत्ता” पाँउने कुरामा अझ धेरै खुसी छन ।
शिक्षा तर्फ बिधालय देखेका तर पाईला नराखेका तथा नागरिता बनाउने कुनै आधारका निशाना मात्र पनि नभएका निःशन्तान कर्णबहादुरको जन्म भने बि.सं. २००७ साल हाल ने- चासल्यान गाँउपालिका वडा नं.-२, थामडाँडामा भएको थियो ।
ऐन कानूनमा जे, जस्तो ब्यबस्था उल्लेख गरेपनि बिभिन्न कारण हरुबाट सुकुम्बासी नै बनिसकेका कर्णबहादुर उमेर तहले हरेक नेपालीहरुलाई राज्यबाट नियमित दिईदै आएको शेवा सुबिधाबाट लगभग ३, बर्ष भन्दा बढिका सुबिधाहरु गुमाईसकेका पनि छन ।
हाल बर्तमान अवस्थामा पनि उनि सँग उनको शरीर र नागरिकता बाहेक केही छैन् । बिगतका दिन हरुमा बिभिन्न कारणले निरीह हुँदा बाँच्ने ईच्छाशक्ति नै गुमाउन लागेका कर्ण बहादुरलाई अब राज्यको यो नीति ब्यबस्थाले बाँच्ने थप हौसला मात्रै बढेको छैन् पुनर्जन्म जस्तै एक्कासी ईश्वरिय बरदान पाएको हर्ष महशुस भएको छ ।
हाल सेवा, सुबिधाहरु पाँउने कुरामा कागजी डकुमेन्ट मिलाउने कुरामा ब्यस्त कर्णबहादुर अहिले खुसी हुँदा बिगतलाई स्मरण गर्दै भन्छन पहिला, पहिला काल आईदिए हुन्थ्यो सोच्ने गर्थे भने अब काल नआए हुन्थ्यो सोच्ने गरेको बताँउ छन ।
सन्यासी साँईला बाट कर्णबहादुर सन्यासी बनेका सन्यासी साँईला अब उप्रान्त सरकारबाट राहत पाएपछि बाँकी जीवन छिमेकि उदयपुर जिल्ला आफन्त कहाँ गएर बिताँउने करा बताएका छन। अन्तमा स्थानिय सरकार तथा गाउँ, समाज, राज्यको सम्मानजनक पध्दति., र आधिकारिक नेपाली बनेका कर्णबहादुरको तपश्या., सबैलाई सफलताको शुभकामना सहित विशेष अधिराज्यको कुना, कुनामा कर्णबहादुर जस्तो चेतनामा पछि पर्दै, निरीह जीवन बिताउन बाध्य सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाई हाम्रा समाजका सचेत नागरिक हरुको साथ, सहयोग द्वारा राज्यको यो जनहित योग्य नीति तथा ब्यबस्थाको सम्मान गर्दै., अन्त्यमा हामी भित्र भएको मानवतालाई सँधै जीबित राख्न एक-अर्कामा निरन्तर सुझाबहरु आदान, प्रदान गरौं।