काठमाडौं, कार्तिक ३०
मंसिर महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् ।
२० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ । कात्तिक महिनामा यस्तो औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ ।
एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको हो । कात्तिकमा यस्तो ब्याजदर असोजको तुलनामा ०.२१ प्रतिशत विन्दुले घटेको थियो ।
मंसिरका लागि ब्याजदरमा हेरफेर गर्दा १२ बैंकहरूले ब्याजदर घटाएका छन् भने ८ बैंकहरूले कात्तिककै ब्याजदर निरन्तरता दिएका छन्। एक वाणिज्य बैंकले भने ब्याजदरमा थोरै वृद्धि गरेको छ।