काठमाडौं, कार्तिक २७
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले राजधानीको सानोभर्याङको कम्फर्ट हाउजिङबाट मनाङेलाई पक्राउ गरेको हो ।
२० वर्ष पुरानो दुई समूहबीचको झगडाको मुद्दामा सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई दोषी ठहर्याउँदै पाँच वर्ष कैद सजाय हुने फैसला गरेको थियो। २०६१ सालमा मनाङेले आफ्ना प्रतिद्वन्द्वी गुन्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङलाई खुकुरी हानेर हात छिनाइदिएका थिए।