neapl investment mega bank
  • गृहपृष्ठ
  • पिकअपभ्यान’ दुर्घटना: पाँच जनाको मृत्यु

पिकअपभ्यान’ दुर्घटना: पाँच जनाको मृत्यु

Nov 11th, 2024

काठमाडौं, कार्तिक २६

आज ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।

ग२च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिएका छन् ।
घटनामा मृतकको पहिचान खुलिसकेको छैन ।

‘पिकअपभ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।