प्रकाश कपाली/ काठमाडौं, कार्तिक २५
कुटानी–पिसानीका परम्परागत साधन जाँतो हराउदैँ गएको छ । प्रविधिको विकास सँगै विद्युत् बाट चल्ने मिल स्थापना भएपछि परम्परागत जाँतोको प्रयोग घटदै जादाँ जाँतो लोप हो।
आजकल कुनै कुनै गाउँमा मुस्किलले परम्परागत जाँतो सम्म देख्न पाइन्छ । खुट्टाले धान कुट्ने ढिकी त भेटिनै छाडेको छ। नयाँ पुस्ता छिटो, छरितो र सुविधा भोगी भएकाले पनि कुटानी पिसानीका परम्परागत साधनहरु हराउदै गएका हुन । “पहिले प्रत्येक घरमा ढिकी र जाँतो हुने गरे पनि हाल भने कतैकतै मात्र प्रयोगमा ल्याएको भेटिन्छ।
प्रविधिले परम्परागत साधनलाई विस्थापित गर्दै लगेको पछि परम्परागत साधनका रुपमा रहेका जातोँ हराउदै गएपछि जातोँमा पिसेको अन्नको स्वाद हराउदै जादाँ नरमाइलो लागेको दक्षिणकाली मन्दिर क्षेत्र परिसरमा पसल नंम्बर १३ सञ्चालन गर्दै आउनुभएका व्यापारी मीना शिवाकोटीले बताईन। आधुनिक उपकरणले धान कुट्ने, तोरी पेल्ने, गहुँ, मकै पिस्ने परम्परागत मेसिन विस्थापित हुने गरेको बताउदैँ यसको संरक्षण गरी पछिल्ला पुस्तालाई हस्तान्तरण गर्न सकिएन भने बिगतका स्मृतिहरु समाप्त हुने र यसलाई संरक्षण गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन ।