neapl investment mega bank
  • गृहपृष्ठ
  • मितेरी सहकारी प्रकरण : ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार

मितेरी सहकारी प्रकरण : ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार

Nov 8th, 2024

ललितपुर, कार्तिक २३

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले दुईजनाविरुद्ध रेड नोटिस जारी गरेको प्रहरी स्रोतले बतायो ।

कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति उक्त सहकारीको प्रबन्ध निर्देशक थिइन् । त्यस्तै सहकारीका ज्योति भण्डारीविरुद्ध पनि रेड नोटिस जारी गर्न प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।

कांग्रेस उपसभापति धनराज र उनकी श्रीमती ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिसकेका छन्। सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए।