काठमाडौं, कार्तिक २१
रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति बन्ने पक्का भएको छ ।
डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो ।
यो समाचार तयार पार्दासम्म ट्रम्पले छ करोड ८८ लाख ७७ हजार २९३ मत प्राप्त गर्नुभएको छ भने ह्यारिसले छ करोड ३६ लाख १३ हजार ९५१ मत प्राप्त गर्नुभएको छ । नेपाली समय अनुसार बुधबार मध्यान्नसम्ममा रिपब्लिकन नेता ट्रम्पले मङ्गलबार खसेको कुल मतको ५१.१ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको छ भने डेमोक्र्याटिक पाटीका तर्फबाट उम्मेदवार हुनुभएका उपराष्ट्रपति कमला ह्यारिसले ४७.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
रिपब्लिकन नेता ट्रम्पले २६६ इलेक्टोरल मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी ह्यारिसले २१९ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । यसरी हेर्दा ट्रम्पलाई राष्ट्रपति पदमा जीतको लागि जादुई इलेक्टोरल सङ्ख्या २७० मा पुग्न अब मात्र चार इलेक्टोरल मतको आवश्यक हुनेछ । अमेरिकी समाचार संस्था फक्स न्यूजले ट्रम्प निर्वाचित भएको घोषणा गरेको छ । फक्स न्यूजले ट्रम्पलाई २७० भन्दा माथि थप केही सीट प्राप्त हुने जनाएको छ ।