neapl investment mega bank
  • गृहपृष्ठ
  • दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

Nov 5th, 2024

काठमाडौं, कार्तिक २०

संयुक्त राष्ट्र संघको दक्षिण सुडान स्थित United Nations Mission In South Sudan (UNMISS) मिसनमा तैनाथ रहन श्री ईश्वरीबक्स गुल्म (शान्ति सेना, हाई रेडिनेश गुल्म) आठौँ डफ्फाका १५० जना नेपाली शान्ति सैनिकहरु मिति २०८१ कार्तिक १९ गते मिसन ईलाकातर्फ प्रस्थान गरेका छन्।

प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्र सङ्घको चार्टर विमानद्वारा काठमाडौँबाट मिसन ईलाकातर्फ प्रस्थान गरेको हो ।

त्यसैगरी सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी श्री समरजीत गुल्म सातौँ डफ्फाका १३५ जना शान्ति सैनिकहरुको टोली कार्तिक १९ गते नै सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा स्वदेश आगमन भएको छ ।