काठमाडौं, कार्तिक १३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा प्रदर्शन गर्ने भएको छ ।
रास्वपाले आफ्ना सभापति रवि लामिछाने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ परेको भन्दै प्रदर्शन गरिरहेको छ ।
रास्पवाले अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटारमा नेपाल हाउसको अगाडी १२ बजेदेखि प्रदर्शन गर्ने जनाएको छ ।