neapl investment mega bank
  • गृहपृष्ठ
  • दर्शन बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा

दर्शन बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा

Oct 28th, 2024

काठमाडौं, कार्तिक १२

वाग्मती प्रदेश सरकारले कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

वाग्मती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले आइतबार दर्शन सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

मन्त्री बिमल ठकुरीले बचतकर्ताको रकम सुरक्षित गर्न सहकारीलाई समस्याग्रस्त घोषणा गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिए ।

काठमाडौंस्थित प्रदेश सरकार मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दर्शन सहकारीमा शीलबन्दी गर्न निर्देशन दिइसकिएको मन्त्री ठकुरीले जानकारी दिए ।

वाग्मती प्रदेशको सहकारी महाशाखाकाअनुसार दर्शन सहकारीले २०० जना भन्दा बढी बचतकर्ताको रकम अपचलनको आशंका गरेको छ ।