neapl investment mega bank
  • गृहपृष्ठ
  • पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता हुने

पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता हुने

Oct 21st, 2024

काठमाडौं, कार्तिक ५

पोखरामा तेस्रोपटक अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता संचालन हुने भएको छ । हिमालयन टुरिजम फोरमले आगामी कार्तिक २२ देखि २५ गतेसम्म प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा नेपाल र छिमेकी मुलुक चीनका खेलाडी सहभागी हुने छन् । 

आयोजक हिमालयन टुरिजम फोरमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो। कार्तिक २४ गते बिहान साढे ८ बजे खेलको उद्घाटन हुने प्रतियोगिताका मिडिया संयोजक प्रतिकराज पहारीले बताए। 

दौड, साइकलिङ र बोटिङसहित ५० किलोमिटरको दूरी पार गर्नुपर्ने प्रतियोगितामा चार विधा रहने आयोजकले जनाएको छ । जसअनुसार टिम समूह, च्यालेन्ज इण्डिभिजुअल समूह, विद्यार्थी दौड र ह्याप्पी रन समूह रहेका छन्। 

पहिलो समूहमा प्रथम हुनेका लागि ४ लाख ५८ हजार ४ सय रुपैयाँ पुरस्कार तोकिएको छ। यस्तै दोस्रो हुनेका लागि ३ लाख ४३ हजार ८ सय र तेस्रो हुनेका लागि २ लाख २९ हजार २ सय राशी पुरस्कार तोकिएको पहारीले बताए। 

त्यस्तै यसैगरी च्यालेन्ज समूहमा प्रथमका लागि १ लाख ५२ हजार ८ सय , दोस्रोका लागि १ लाख १४ हजार ६ सय र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय प्रदान गरिने आयोजकले जनाएको छ। विद्यार्थी दौडमा प्रथम हुनेका लागि ३० हजार, दोस्रोका लागि २५ र तेस्रोका लागि २० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ। 

चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, गण्डकी सरकार र पोखरा महानगर समेत प्रतियोगिताको आयोजक रहेको हिमालयन टुरिजम फोरमले जनाएको छ। 

प्रतियोगिता सफल बनाउनका लागि १५ वटा उपसमिति गठन गरिएको छ ।