neapl investment mega bank
  • गृहपृष्ठ
  • सामखुशि यातायातले थप १५ वटा बस सञ्चालनमा

सामखुशि यातायातले थप १५ वटा बस सञ्चालनमा

Oct 21st, 2024

काठमाडौं, कार्तिक ५

सामखुशि यातायात प्रालिले १५ वटा बस सञ्चालनमा ल्याएको छ । रु सात करोडको लागतमा उक्त बस सञ्चालनमा ल्याएको हो । काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि विसं २०५७ देखि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि थप १५ बस सञ्चालनमा ल्याएको छ  ।

प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्घाटन गर्नुभयो । प्रालिका अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको दिए । 

सामाखुसी यातायात प्रालि मातहत बस र माइक्रोस गरी करिब १५० वटा गाडी सञ्चालनमा रहेको बताइएको छ ।