काठमाडौं, कार्तिक ४
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेस गरिने भएको छ।
जिल्ला अदालत कास्कीले मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा लगिएको थियो।
लामिछानेलाई आज मात्रै अदालतमा उपस्थित गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।