neapl investment mega bank
  • गृहपृष्ठ
  • कोन्ज्योसोम गाउँपालिकामा असोज १२ र १३ गते गएको बाढीपहिरोबाट कृषि क्षेत्रमा ठूलाे क्षति

कोन्ज्योसोम गाउँपालिकामा असोज १२ र १३ गते गएको बाढीपहिरोबाट कृषि क्षेत्रमा ठूलाे क्षति

Oct 15th, 2024

ललितपुर, असाेज २९

कोन्ज्योसोम गाउँपालिकामा असोज १२ र १३ गते गएको बाढीपहिरोबाट कृषि क्षेत्रमा ठूलाे क्षति भएकाे छ ।

कोन्ज्योसोम गाउँपालिकाको पाँच वटामा बाढीपहिरोबाट कृषि क्षेत्रमा हाल सम्म सङ्कल्न भएको डेटा अनुसार खेतबारी पुर्ण रूपमा क्षति १,०९४ रोपनी , आमशिक क्षति २०५ रोपनी गरि जम्मा १,२९९ रोपनी जग्गा क्षति भएको छ ।

जस मध्ये भण्डारणमा क्षति भएको अंन ७,६५० के जि मकै, १,१३० के जि धान, भट्मास २०० के जि, ३१८ के जि फापर, ९६० के जि तोरी , ३०० के जि तरकारी गरि अन्य फलफूलको बोट समेत नस्ट भएको छ।

साथै, खेतबारीमा नस्ट भएको बालिमा १,९४,२३० के जि (काउली, बन्दा, प्याज, लसुन,साग,मुला, काक्रो, फर्सि) बराबरको तरकारी बाली नस्ट भएको छ । जुन दसैंमा बेच्नको लागि तयार अवस्था थियो।

अन्न बालिमा धान ५०० के जि बराबरको, मकै १,०३० के जि, तोरी ५,५,५२ के जि बराबरको बाली बाढिपहिरोले बगाएको छ। कोन्ज्योसोम गाउँ पालिका कृषि अधिकृत सीता लामाले जानकारी दिनु भएको छ।