सप्तरी, पुस १
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा डाक्नेश्वरी नगरपालिका ५ बस्ने २० वर्षीय सियाराम मण्ड ल खत्वेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सियारामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।